जसरी मेरो मुख बन्द गरी अाफ्नो प्यास तृप्त गरेका छौ
जसरी मलाई चिथोरेर आनंदको अभिलाषा भोगेको छौ
के सक्छौ तिमी,
ती क्रान्तिकारीका प्रतिद्वंद्वी ज्वालालाई निभाउन
तिम्रो फाँसीका निमित्त गरेको प्रदर्शनी निर्मूल गर्न
जसरी म छटपटिन्दा मेरो हात खुट्टा निमोठ्यौ
जसरी म चिच्याउदै कराउदा मेरो घाँटी दबायौ
के सक्छौ तिमी,
ती सडकमा उत्रिएकाको मुखमा बुजो लगाउन
ती न्यायको खोजीमा हिडेकाको मनोबल डगमगाउन
के सक्छौ तिमी,
एउटा संतानको वियोगमा डुबेकी आमाको बिलाउना निर्धक्कसाथ सुन्न
ती आक्रोशित दाजुभाइसँग एक्लै भिड़न
ती सडकमा उत्रिएका मानिसको आँखामा आँखा जुधाउन
र मेरा हरेक प्रश्नको जवाफ दिन
के सक्छौ तिमी?
अरे! धिक्कार त त्यति बेला लाग्छ
जब तिमी शिर उठाई जवाफमा उसको पहिरनलाई दोष दिन्छन्
दुष्ट कलियुगका दानवहरु!
के त्यो ३ वर्षकी शिशुको diaper ले तिमीहरूलाई कुतकुत्यो
कि त्यो school dress लगाएकी नानुको भारी Bagले बोलायो
कि त्यो सपक्क बेरेको सारीले असहनशील बनायो
कि त्यो बुर्का लगाएकीको नजरले आतुर तुल्यायो
कि त्यो लाठी टेक्दै हिँड्ने आमाले उक्साइन
जहाँ ३ वर्षकी नाबालक शिशुदेखी ८0 वर्षकी आमासम्मलाई बक्सेका छैनौ
र अझै दोष त्यो लताकपडालाई दिन्छौ?
राक्षस हो! दोषी त तिमीहरू स्वयं हौ
तिमीहरूको खोटो सोच र
दिनप्रतिदिन बढ्दै गएको तिमीहरूको मानसिक रोग हो
पहिरन त केवल एक बहाना हो
आफ्नो कुकर्मलाई ढाकछोप गर्ने षड़यंत्र हो
के सक्छौ तिमी,
आफ्नी बहिनीलाई कसैले जिस्क्याउदा टूलुटूलु बसेर हेर्न
या आफ्नी आमाको पछ्यौरा कसैले तान्दा बेवास्ता गर्न
के सक्थेउ र!
अनि किन त ती चेलीहरूको इज्जत दिनदहाडै लुटिन्छ
कहिल्यै ACID त कहिले दानवीय शोषणको सिकार हुन्छन्
साँझ पर्न साथ घरभित्र थुनिन्छन्
अाफ्नै पाइला सार्न लरबराउछन्
अाफ्नै हकका लागि लड़न हिचकिचाउछन्
Late work र घर बाहिर बस्न वञ्चितछन्
किनभने उनी त हुन् केवल एक अंजान नारी
ना तिम्री आमा न त तिम्री दिदी बहिनी
बस् तिम्रो क्षण भरको आनंद मेट्ने एउटा खेलाउना
जहाँ तिमीले बुझ्न सकेनौ उसका बिलाउना
तर खेर,
के नै फरक पर्ला र तिमीलाई त्यो अंजान नारीको
जो आफ्ना बाबाको आँखाको तारा हो
आफ्नी आमाको सुखदुख मेटाउने बहाना हो
दाजुभाइको हसिलो अनुहारको कारण हो
घरमा खुसियाली र उजालोंपनको एउटा बाहर हो
के सक्छौ तिमी,
त्यो रित्तिएको आमाको कोख भर्न
बाबाको आँखाको चम्किलो तारा फिर्ता ल्याउन
तिहारमा खाली हुने दाजुभाइको निधार सप्तरंगी टिकाले रंगाउन
इज्जत लुटिएको घरको कलङ्क मेटाउन
के सक्छौ तिमी,
एउटा अंजान नारी को इज्जत जोगाउन
अाफ्नै दिदीबहिनी जस्तै उनीहरूलाई सम्मान र साहस दिन
यदि सक्दैनौ भने
बिन्ती मेरो उनीहरूको जीवनसंग खेलवाड पनि नगारी देउ
एउटा नारीको अस्मितामा घिनलाग्दो दाग नालगाई दे उ
पलपल गुटिएर, निसासिएर बाँच्न बाध्य नबनाई देउ
स्वतन्त्र भई जिउने उसको अधिकार नछिनी देउ।
0 Comments