झरी

New

झरी पर्ला याद आउँला सँगै भिजेको
त्यो अँजुली भरी पानी लिएर  मलाई छ्याप छापेको
तिमीबाट आफूलाई बचाउने प्रयासमा नराम्रोसँग चिप्लेको
अनि तिमी पेट मिचि मिचि मुर्छापरेर हाँसेको
म उठ्न नसकेर तिमीसँग बोल्दिन भन्दै रिसाएको

आई जुरुक्क बोकी तिमीले sorry भन्दै कान्छा दाइको पसल लागेको
अनि चिसो चिसो मौसममा ताततातो COFFEE को आनंद लिँदै
एक अर्कालाई न्यानो अँगालोमा बेरेको

अझै याद छन् ती मीठा पलहरू
एक अर्काको साथ बिताएंका प्रत्येक क्षणहरू
अझै पनि पागल जस्तै एक्लै हाँस्छु
र छिन मै तिम्रो नाम लिँदै आशुंका नदी बगाउँछु

झन यो दिनरात पारेको झरिले त 
मनभरी बाढी निम्त्याएको छ 
एकाएक तिम्रो न्यासरो लागाएको छ
 उता तिमी पनि त तड्पिरहेका होलाउ नि

तर,
सम्झिन्दै अर्काकै साथ र
उसको न्यानो अँगालोमा बेरिएको आभास


Post a Comment

0 Comments